बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दक्षिण एसियाकै ठूलो भनिएको रुखबारे अध्ययन सुरु

आइतबार, ०९ जेठ २०७३, १८ : ५४
आइतबार, ०९ जेठ २०७३

धनकुटा–दक्षिण एसियाकै ठूलो भएको दावी गरिएको धनकुटाको डाँडाबजार गाविस लाप्चेटारस्थित बरको रुख प्रवद्र्धनका लागि अध्ययन सुरु भएको छ । दुई सय बर्षको अनुमान गरिएको सो रुखको प्रवद्र्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने भन्दै जिल्ला विकास समिति धनकुटाले पर्यटनका साझेदारसागको सहकार्यमा यसको अध्ययन थालेको हो । जिविसले लाप्चेटारसम्म सडक निर्माणको काम सुरु गरेको छ । यस्तै एसियाकै ठूलो भनि आधिकारिकता प्रमाणित गर्न सम्बन्धीत निकायमा पहल थालिएको धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । सात रोपनी क्षेत्रफल जमिन ओगटेको ऐतिहासिक सो रुखको फेदको मोटाइ १९ मिटर छ भने २ सय भन्दा बढि मुलहाँगाहरु रहेको स्थानीयको दाबी छ । भेडेटार, नाम्जे, डाँडाबजार र राजारानी पर्यटकिय श्रृखलाको बीचमा रहेको रुख हेर्न र अनुसन्धानका लागी बार्षिक ८ हजारको हाराहारीमा पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । गत बर्ष यो रुख हेर्न भारतबाट मात्रै दुई हजार पर्यटक लाप्चेटार पुगेका थिए । रुख हेर्न जानेको संख्या बढ्दै गएपनि खानेपानी, शौचालय र बिश्रामस्थल ब्यबस्थापन नहुँदा आगन्तुकहरु समस्यामा पर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप