बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कतारबाट फर्किएका सिंह विमानस्थलबाट पक्राउ

आइतबार, ०९ जेठ २०७३, १८ : ५५
आइतबार, ०९ जेठ २०७३

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलस्थित पार्किङ्ग क्षेत्रबाट कतारबाट आएका धनकुटा खुवाफोका–२ स्थायी घर भएका ३२ वर्षीय तिलोक सिंह याख्यालाई अवैधरुपमा ल्याएको करीब ८ तोला सुन जस्तो देखिने पहेंलो धातुसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । साथै पेप्सिकोला बस्ने ६४ वर्षीय दुर्गा पौडेललाई उनकै छोरीले दुबईबाट पठाएको भनिएको करीब १० तोला सुन जस्तो देखिने पहेंलो धातुसहित सोही ठाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप