बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

झूठा आश्वासन बाँड्ने ओली सरकारको पर्दाफास गर्ने देउवाको घोषणा

आइतबार, ०९ जेठ २०७३, १४ : ४२
आइतबार, ०९ जेठ २०७३

भैरहवा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकासभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले झुठा आश्वसनमात्र बाडेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले आयोजना गरेको ‘नेपालको संविधान कार्यान्वयन र चुनौती’ विषयक २ दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै देउवाले बिभिन्न स्थानमा जनतालाई ओली पूरै हुन नसक्ने झुठा आश्वसन मात्र बाडेको बताए । ‘लुम्बिनीमा ओलीले ५ हजार जना अट्ने हल बनाउछु भनेका छन्, ५ हजार त के ५ सय जना अटने हल बनाउन सक्दैनन् ’, देउवाले भने, ‘सर्वेनै नभई सकेको रेल नेपालमा कुदाउछु, घर घरमा ग्यास पुरयाउछु भन्ने लगायतका ओलीको सबै भनाई वाइयात हुन्।’ देउवाले आफू जिम्मेवार प्रतिपक्षी भएको नाताले ओलीको यस्तो झुठो आश्वसनहरुको पर्दाफास गर्ने समेत बताए ।

ओलीले मंसिरमा स्थानिय निकायको चुनाव गर्ने कुरा पनि झुठो रहेको उनले दावी गरे । बिभिन्न गाउपालिकाको लागी अध्ययन गर्ने समितिलाई फागुन सम्मको म्याद दिई मंसिरमै चुनाव गराउने ओलीले जनता ठग्ने काम मात्र गरेको बताए ।

देउवाले संविधान कार्यान्वयन असम्भव नभएको बताउँदै केहि चुनौती भने रहेको स्विकार गरे । संविधान कार्यान्वयनको बिषयमा आफुहरु रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको उनको भनाई थियो । सोही कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता गगन थापाले आफुहरु चुनावको लागी तयार रहेको तर, तोकिएको समयमा ओली सरकारले चुनाव गर्न नसक्ने बताए ।

थापाले मधेशी जनताले मधेशको जिम्मा मधेशी पार्टीलाई नभई नेपाली कांग्रेसलाई दिएको दाबी गर्दै यस कारण अहिले मधेशको समस्या मिलाउने मूख्य जिम्मेवारी पनि आफूहरुकै भएको बताए ।

अर्का नेता बालकृष्ण खाँणले नेपाली कांग्रेस तराईमै जन्मेको पार्टी भएकोले तराईको मुद्दा सम्बोधन गर्न सक्ने बताए । नेपाली कांग्रेस जिल्ला कार्य समितिल आयोजना गरेको प्रशिक्षण कार्यक्रमा नेपाली कांग्रेसका वडा, गाउ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवम नेपाली कांग्रेसका भातृ संगठनका पदाधिकारीहरुलाई २ दिन सम्म विविध बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला सभापति एवम क्षेत्र नम्बर १ का सांसद अब्दुल रज्जाकले बताए । स्थानिय निकायको निर्वाचनको तयारी, संविधानबारे गाउ र वडा तहमा जानकारी गराउने तथा संविधान बारे रहेको बिभिन्न भ्रमहरु चिर्ने प्रशिक्षणको मूख्य उद्देश्य रहेको रज्जाकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप