बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको ब्यारेकभित्र ग्रिनेट विस्फोट, ८ जना घाइते

आइतबार, ०९ जेठ २०७३, १९ : ०४
आइतबार, ०९ जेठ २०७३

दमौली–तनहुँको भानु नगरपालिका वडा नं २ मा रहेको सशस्त्र प्रहरी बल मनकामना गणमा ग्रिनेट पड्कदा तालिममा रहेका ८ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी.सुरेन्द्र बहादुर गुरुङले रातोपाटीलाई बताए । तालिमका क्रममा ३.६एम.एम. को ग्रिनेट सफा गर्नेक्रममा पड्कीएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते हुनेहरुमा शशस्त्र प्रहरीका साहयक हवल्दारहरुमा दिपेश कुमार चौधरी र याम थापाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ उनीहरुलाई थप उपचारका लागी काठमाडौं लैजाने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप