ओलीले उखान तुक्कामात्रै गरिरहे आन्दोलन अर्कै रुपमा जाने उपेन्द्रको चेतावनी
काठमाडौँ– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म बार्ता हुनै नसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले आईवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ बार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनु पर्छ । संविधानको पुर्नलेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार बार्तामा आउनु पर्छ । नभए बार्ता सम्भव छैन ।’ यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक बार्ता भंग गरेको आरोप लगाउँदै भने,‘ पुर्नलेखनसहितका विषयहरु गर्न सकिदैन भनेपछि के कोलागि बार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन बार्ता गर्न खोजिरहेको छ । ’
उनले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रवाधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुर्नलेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकोले यसमा राजनीति निर्णय गर्न सके मात्रै समस्याको समाधान हुन सक्ने दावी गरे ।
उनले बर्तमान संविधान जारी गर्ने तत्कालिन राष्ट्रपति डा. रामबरण यादवले संविधान अपुरो छ भनिसकेको, संबैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान पूर्ण नभएको, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले हतार गरेर हामीले भुल गर्यौ भन्नु र एमाओवादी अध्यक्ष प्रचण्डले अहिले पो मैले यो संविधानमा त्रुटी नै त्रुटी छ भनेर थाहाँ पाएको भनि अभिब्यक्ति दिनु तथा विदेशी विद्धानहरुले पनि संविधान गलत रुपमा लेखिएको, विभेदकारी रहेको, एकल जातीय अहंकारलाई मुर्त रुप दिने भएकोले नश्लबादी र असमावेशी भनेर भनिसकेपछि यसले सबै समूदाय र क्षेत्रको भावनालाई संबोधन गर्न नसक्ने स्पष्ट भईसकेको दावी गर्दै संविधान कसैलाई प्रधानमन्त्री, राष्ट्रपति र कसैलाई सरकारमा जान भएको हतारमा गलत तरिकाले संविधान लेखिएकोले यसको पुर्नलेखनको विकल्प नभएको दावी गरे । यादवले अहिले पनि सरकारले आन्दोलनलाई दवाएर जाने सोचे र उखान तुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रुपमा जाने चेतावनी दिदै भने,‘ नश्लबादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एण्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ ।’ उनले जनताले नै संविधान नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दावी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रुप लिदै जनआन्दोलन मार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी दिए । यादवले आफूहरुको आन्दोलन राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउने, देश भक्तिपूर्ण र देशलाई बचाउने आन्दोलन भएको दावी गर्दै सरकार भ्रष्टाचारीहरुहरुको अखडा बनेकोले यस्तो सरकारले देश बचाउन नसक्ने ठोकुवा गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण