बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

धामी–झाँक्रीको भरमा यार्सा पाटन !

आइतबार, ०९ जेठ २०७३, १५ : २२
आइतबार, ०९ जेठ २०७३

डोल्पा –पैसा कमाउने काम सहज हुँदैन्,डोल्पाका पाटनहरुमा पैसा रुपि जीवनबुटी (यार्सागुम्बा) खोज्न हजारौँ मान्छेहरु जाने गर्दछन् । तर यार्सागुम्बा टिपेर पैसा कमाउन सजिलो छैन् ।

‘मृत्युलाई मुठिमा राख्दै पाटन जानु पर्दछ,अत्याधिक चिसोले रगत समेत जम्ने गर्दछ भने बढ्दो उचाईले लेख लागेर बर्षैपिच्छे दर्जनौ मान्छेहरु मर्ने गर्दछन्’ स्थानीय सुकमाया थापाले बताईन् ।

त्यही भएर शुभ होस् भन्नका लागि डोल्पालीहरु यार्सापाटन जानुअघि स्थानिय मन्दिरहरुमा पुजाआजा गर्छन् । धामि,झाँक्रिकोमा सिजन शुभ हुने नहुने भन्ने बिषयमा हेराउन जाने गर्दछन् ।

धामीहरुकै भविष्यवाणी अनुसार कोहि तिन चार दिनमै घर फर्कने गर्दछन् भने कोहि जाँदैजाँदैनन् । भविस्यबाणि शतप्रतिशत साँचोहुने भन्दै सोमा आफूहरुको विस्वास रहेको सिता शाहीले बताईन् ।

स्थानीय धामीले बिरामी पर्ने र यार्सासिजन अशुभ हुने बताएकाले यसबर्ष यार्सागुम्बा संकलनगर्न नजाने त्रिपुराकोट गल्लीकी गिता कठायतले बताईन् । अशुभ भन्दा भन्दै पाटनगए आफैलाई बिभिन्न समस्या आईपर्ने उनले बताईन् ।

यार्सागुम्बा सिजन सुरु भएसंगै सर्बसाधारणहरु पाटनमा बिरामिपर्ने यार्सागुम्बा भेटिने नभेटिने जस्ता जिज्ञासाहरु लिएर धामि,झाँक्रि कहाँ जाने गरेको मष्टा भवानि गल्लीका पुजारी नन्द सिंह थापाले बताए ।

यार्सासिजन सुरु भए संगै डोल्पाका मष्टा भवानी,गल्ली,छल लगाएतका मन्दिरहरुमा हजारौँको घुँईचो लाग्ने गरेको थापाले बताए । यार्सागुम्बा टिपाईबाट राम्रो आम्दानी भए संकलकहरुले स्थानिय मन्दिरमा आएर यार्सागुम्बा चढाउने समेत गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप