बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बढ्दै तस्करी, लोप हुँदै यार्सागुम्बा

आइतबार, ०९ जेठ २०७३, १५ : ३४
आइतबार, ०९ जेठ २०७३

डोल्पा–डोल्पाका हिमाली पाटनहरुमा बैशाख दोस्रो साताभित्रमा नै यार्सा उम्रिसक्ने भएतापनि उच्चहिमपातका कारण जेठ पहिलो सातादेखि मात्र संकलन हुने गर्दछ ।

नियम अनुसार यार्सागुम्बा संकलन कार्य सर्वसाधारणहरुका लागि मात्र भएतापनि तस्करहरुका लागि पनि कुनै बन्देज छैन ।

बढ्दो तस्करीले हरेक बर्ष तुलनात्मक रुपमा यार्सागुम्बा कम भेटिने गरेको स्थानिय बासिहरु बताउँछन् । दिनभरी लगाएर खोज्दापनि चार पाँच वटा भन्दा धेरै नभेटिने गरेको स्थानिय अमर कठायतले बताए ।

औपचारिक रुपमा संकलन अगावै चोरी हुने भएकालेपनि यार्सागुम्बा लोपहुँदै जान थालेको उनले बताए ।

निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले गत बर्षभन्दा तुलनात्मक रुपमा यार्सा तस्करी कम हुदै गएको बताईरहदा यसबर्ष भने बैशाखको पहिलो साता भित्रैमानै ठुलो सङख्यामा तस्करहरु हिमाली पाटनहरुमा छिरि सकेको बताइएको छ ।

सेनाले यसबर्ष बैशाख यता एकसय भन्दा धेरै यार्सागुम्बा तस्करहरु नियन्त्रमा लिईसकेता पनि तस्करी भने रोकिन सकेको छैन् । तस्कर छिर्ने मुख्य नाकाहरुमा सेनाको क्याम्प राखिएतापनि सयौँको सङ्ख्यामा कसरी भित्रन्छन शंकाको बिषय भएको स्थानियहरुले बताए ।

तस्करहरु र सेनाको मिलेमतोमा कतिपय संकलन अगावै छिर्ने गरेको स्रोतको दाबी छ ।

हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीले मध्येवर्ती क्षेत्रकाको सम्पुर्ण अधिकार निकुञ्जलाई सुम्पेकालेपनि यार्सापाटनहरु तस्करका कब्जामा रहने गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति त्रिपुराकोटका अध्यक्ष टिकादत्त न्यौपानेले बताए ।

‘नियमावली आउनुअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मातहतका सत्र मध्यवर्तीले बैशाख पहिलो साता देखिनै यार्सा तस्करी नियन्त्रणका लागि स्थानिय युवाहरु परिचालन गर्दथ्यो ।जनचेतनामुलक कार्यक्रम गर्दथ्यो र गाउँका सर्बसाधारणहरु पनि समिती अनुगमनमा गएको थाहा पाउने भएकाले भेटेपछि कारवाहीमा पर्ने त्रासले कोहिपनि पाटन जादैँनथे तर, अहिले छाडा भएको छ’, न्यौपानेले भने ।

निकुञ्जको क्षेत्रफल ठुलो भएकाले पनि कम सङख्यामा रहेको सेनाले तस्करी नियन्त्रण गर्न नसकेको सरोकारवालाहरुले बताए। तस्करी नियन्त्रणगर्न थप सेनाको व्यवस्था गरिनुपर्ने उनिहरुको भनाई छ । यार्सागुम्बा संकलन अगाडिनै चोरीहुने भएकाले राजश्व संकलमा पनि कमि आउने गरेको उनिहरुले बताए । हरेक बर्ष जम्मा यार्साको ५० प्रतिशत यार्सा सिजन अगावै चोरी निकासि हुने भएकाले पछि चर्को रोयल्टी तिरेर संकलनको लागि जाने सर्बसाधारणहरु यार्सा नपाई खाली हात फर्कनुपर्ने बाध्यता रहेको जाजरकोटका संकलकहरुले बताए ।

शे फोक्सुन्धो राष्ट्रिय निकुन्जको फितलो अनुगमनको कारण हरेक बर्ष ठुलो सङख्यामा यार्सा तस्करी हुनेगरेको स्थानियरु बताउँछन्। ३५५५बर्ग कि मि क्षेत्रफलमालमा फैलिएका निकुञ्जको सुरक्षाको लागि काईगँउ गा बि स को तोईजुम फोक्शुन्धो गाबिसको सुनदह र त्रिपुराकोट गा बि स को सुलिगाडमा नेपाली सेनाले वेसक्याम्प खडा गरेको छ । तस्करहरुको रोजाईमा निकुञ्ज कोर क्षेत्रमा पर्ने भोक्पा, भाङ्का ,कुनास ,ताक्सी लगायतका लेकहरु पर्ने गरेका छन् । तोईजुम नाकाबाट हरेकबर्ष यार्सा नखुल्दै हजारौ मान्छे छिर्ने गरको स्थानियबासिहरु बताउँछन् । नेपालकै सबैभन्दा ठुलो र प्रचुर पर्यटकिय सम्भाबना बोक्नुका साथै वहुमुल्य जडिबुटिको भण्डार मानिने यस निकुञ्जको संरक्षण हुन सकेको छैन् । यसरी तस्करहरुको पँहुच बढ्दै जानेहो भने वहुमुल्य जडिबुटी यार्सागुम्बा र दुर्लभ वन्यजन्तु सहित निकुञ्कै अस्तित्व गुम्ने खतरा रहेको सरोकारवालाहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप