तीन वर्षदेखि लिभिङ टुगेदर, असमझदारी बढेपछि हत्या
भक्तपुर – नुवाकोट रातामाटेकी अन्जना थापाको तीन वर्ष अघि काभ्रे महादेव स्थानका श्याम श्रेष्ठसंग उनकै गाउँमा नै चिनजान भयो । त्यतिबेला थापा कक्षा १० मा पढ्दै थिइन् । उनै थापाको अहिले ज्यानै गुमेको छ । काभ्रे महादेव गाविस वडा नं. ८ मण्डनपौवा घर भएका श्याम पेशाले इटाँ भट्टाको ट्रक चलाउने काम गर्थे । त्यसैले त तीनवर्षअघि उनी रातमाटे पुगेका थिए । घरमा श्रीमती र छोरो हुदाँ हुदैँ पनि त्यतिबेला १५ वर्षे थापालाई साथी बनाउन अग्रसरता देखाए उनले । फोन नं. आदन प्रदान भयो । श्यामसंगको मित्रताको साइनो गासेकी अन्जना र श्याबीच प्रेम भयो ।स्कुले जिवन सकिए पछि अन्जना श्यामकै आग्रहमा उच्च शिक्षा पढ्न काठमाडौ आइन् । कोटेश्वर बहुमुखी क्याम्पसमा भर्ना भएर भक्तपुरको कौशलटारमा कोठा लिएर बस्न थालिन् । पछि कौशलटारबाट उनी सुर्यविनायक तिर कोठा सरिन् । सामाजिक परम्परा अनुसार श्रीमान श्रीमती नभए पनि उनीहरु सम्बन्धमा रहेका थिए । त्यसबीच श्याम र अन्जनाबीच सबै भयो जुन् सम्बन्ध श्रीमान श्रीमतीबिच हुन्छ । यो साल कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पढाई सक्ने धोको भने अन्जनाको गत बैशाख २१ राती उहि प्रेमीले श्यामले निर्मम तरीकाले कुटेर हत्या गरेपछि अधुरो रह्यो ।
राम्रोसंग चलेको सम्बन्ध एकाएक अन्जना नुवाकोट गएपछि भने बिग्रियो । यति सम्म भयोकी उनले श्यामको फोन उठाउन् छोडिन् । जेठी श्रीमती र तिन वर्षको छोरोलाई खासै वास्ता नगर्ने श्याम त्यो भन्दा अगाडी अन्जनासंगनै रमाउथे ।
केही समय अगाडी देखि उनीहरु बिच नियमित फोनमा झगडा हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी मित्रबन्धु शर्माले बताए । गत बैशाख २१ गते पनि दिउँस फोनमा पटक पटक झगडा गरेका उनीहरु अन्जनाले फोन गरेपछि राती ८ बजे तिर श्याम उनकै कोठामा गएको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी शर्माले बताए । उक्त दिन अन्जना बाथरुममा नुहाउन गएको समयमा कोठामा पुगेका श्यामले अन्जना नुहाएर फर्कदा उनको मोबाइल चलाएको देखेपछि झगडा सुरु भएको श्यामले प्रहरी समक्ष बयान दिएका छन् । मदिरा सेवन गरेर आएका श्यामले अन्जनालाई कुटपिट गरेका गरेर कोठा बाहिर निस्कन लाग्दा अन्जनाले तानेपछि उनको बायाँ कन्चटमा मुक्का प्रहार गरेका थिए । त्यसपछि बेहोस भएकी अन्जनालाई खाटमा सुताएर ब्लाङ्गकेटले छोपेर उनी आफुले चलाउदै आएको बसमा गएर सुतेको प्रहरी अनुसन्धानले देखाएको छ । घटना भएको भोलीपल्ट पनि सुर्यविनायक स्थित अन्जनाको कोठामा गएका श्याम अन्जनाको मृत्यु भएको पक्का भएपछि भने त्याहाँबाट भागेका थिए । सधै देखिने मानिसलाई २ दिन देखि नदेखिएपछि घरमा बस्ने अन्य मानिसले प्रहरीलाई खबर गरेका थिए । अन्जनाको हत्या पछि जेठी श्रीमतीलाई र छोरो लिएर कपिलवस्तु जिल्लाको चद्रतौ पुगेको सुचना प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि श्रीमती र छोरो सहित भारतको पन्जावमा रहेका आफन्तकोमा गएको श्याम केहि समय पछि नेपाल फर्किदा दाङ जिल्लाको लमहीबाट यहि जेठ ५ गते प्रहरीले प्रक्राउ गरेको थियो । श्यामलाई हिरासतमा लिई अन्जनाको हत्याबारे थप अनुसन्धान भईरहेको डिएसपी शर्माले जानकारी दिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण