बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आदिवासी जनजाती राजनैतिक आन्दोलन विषयमा नयाँ शक्तिको अन्तरक्रिया

आइतबार, ०९ जेठ २०७३, १७ : ०१
आइतबार, ०९ जेठ २०७३

पोखरा – नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद् कास्कीको आयोजनामा ‘नेपालको आदीवासी जनजाती राजनैतिक आन्दोलन र भावी गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रम गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आईतबार सम्पन्न भएको छ । पोखराका विभिन्न क्षेत्रमा रहेका समाजसेवी, व्यवसायी, युवा, पत्रकार, संघ–संस्था लगाएतको सहभागिता रहेको उक्त अन्तरक्रियाको अध्यक्षता नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य दुर्गा बहादुर गुरुङ्गले गरेका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा आदीवासी जनजाती महासंघका पूर्व अध्यक्ष तथा नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य पासाङ सेर्पा र पूर्व महान्यायधिवक्ता तथा नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य मुक्ति प्रधान रहेका थिए ।

करिब ३ घण्टा चलेको उक्त अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले उपस्थितबाट आएको प्रश्नको जवाफ तथा नेपालको आदीवासी जनजाती राजनैतिक आन्दोलन र भावी गन्तव्यको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नयाँ शक्ति नेपाल प्रदेश नं. ४का संयोजक देवेन्द्र पराजुली, केन्द्रीय सदस्य गणेश पौडेल, नारायणहरी तिवारी, देवी सुवेदी, टिकाराम पौडेल, ईन्द्रकुमारी गुरुङ्ग, बम बहादुर गुरुङ्ग, बिनोद गुरुङ्ग, रिम बस्याल, खड्ग बहादुर गुरुङ्ग, गोविन्द केसी, राष्ट्रिय युवा अभियानका केन्द्रीय सदस्य भरत गुरुङ्ग, सौगात पोखरेल, देव क्षेत्री, लेखनाथ नगरपालिकाका नगर संयोजक नन्द बहादुर गुरुङ्ग, लेखनाथका युवा संयोजक शेरमान गुरुङ्ग लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद् कास्कीका संयोजक हेम बहादुर थापाले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य जित बहादुर गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप