बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको कार्यविभाजन : बहुपदीय वा एकपदीय प्रणाली जाने भन्नेमा विवाद

आइतबार, ०९ जेठ २०७३, १७ : ०९
आइतबार, ०९ जेठ २०७३

काठमाडौं– ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय विवादमा परेपछि नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजमाथि दुई विकल्पमा बहस थालेको छ । आइतवार बसेको महाधिवेशन आयोजक समिति वैठकमा प्रचण्डले कार्यविभाजनका दुई विकल्प अगाडि सारेका छन् । तर, आजको वैठक स्थगित भएको छ । थप गृहकार्य गरेर अगाडि बढने भन्दै सोमवार दिउँसो १ बजेसम्मका लागि वैठक स्थगित भएको छ । माओवादी केन्द्रभित्र एकपदीयमा जाने वा बहुपदीयमा जाने भन्ने विषयमा फरक–फरक मत छन् । ‘कार्यविभाजन टुंगाएर भोलिको वैठकमा अध्यक्षले कार्यविभाजनको प्रस्ताव ल्याउनु हुन्छ ।’ प्रवत्ता दीनानाथ शर्माले वैठकपछि संवाददाताहरुसँग भने ।

पहिलो विकल्प अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र कोषाअध्यक्षसहित पोलिटव्यूरोसम्मका संरचना बनाएर जाने प्रचण्डको पहिलो विकल्प छ । प्रदेश तहका इन्चार्जदेखि अन्यको सम्म पद विभाजनको विषय यो विकल्पमा परेको छ ।

त्यसबाहेक दोस्रो विकल्पमा अध्यक्ष, कार्यलय टीम र पोलिटव्यूरो सदस्यसम्मको संचरना बनाएर जाने प्रचण्डको दोस्रो विकल्प छ ।

कुन विकल्प अनुसार अगाडि जाने भन्ने विषयमा शीर्ष तहमा टुंगाएपछि आयोजक समितिबाट अनुमोदन गराउने प्रचण्डको तयारी छ ।

त्यसैगरी प्रचण्डले आजको वैठकमा रिपोर्टिङ गरेपछि वैठकका एजेन्डा राखेका थिए । पदाधिकारी, सचिवालय, जवसमोर्चा र प्रदेशको कार्यविभाजन देखि तत्कालीन कार्यक्रम  राष्ट्रिय सम्मेलन कार्यविधि, शान्ति प्रक्रिया, सदन र सरकार लगायतका एजेन्डा पनि वैठकमा राखेका छन् ।

आजको वैठक शुरु गर्दै प्रचण्डले भने –विभाजित माओवादीहरु एकीकरण भएर केन्द्र बनेपछि प्रतिक्रियावादी शक्तिहरु आत्तिएका छन् । उनीहरुले माओवादीलाई फुटाएर सकिने रहेनछ भन्ने सोचेका छन् । उनीकावीच माओवादी जुर्मराए उठाएर भन्ने सन्देश दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप