धामीले बोक्सी लागेको सुनाएपछि बृद्धामाथि निर्घात कुटपीट
तुलसीपुर – दाङमा एक बृद्धा माथि बोक्सीको आरोपमा निर्घात कुटपीट भएको छ । धनौरी १ चिलरियाकी ६५ बर्षिया दिब्या चौधरीलाई सोही ठाउँका ३४ बर्षिय हरि चौधरीले कुटपीट गरेका हुन् ।
आफूलाई बोक्सी लागेर बिरामी भएको भन्दै ति युवाले आफूलाई कुटपीट गरेको पीडित महिलाले बताए । हिजो दिउँसो गाई चराउन खेतमा गएको समयमा ती युवाले बृद्धालाई कुटपीट गरेका थिए । बृद्ध महिलालाई दिउँसो तीन बजेतिर खेतमा कुटेर घाइते बनाएका ति युवा चार बजेतिर काट्ने भन्दै तरवार लिएर घरमा आएको र छिमेकीको सहगोगमा आफूले रोकेको पीडित बृद्धाका छोरा खुसीराम चौधरीले बताए । युवाको कुटपीटबाट गम्भिर घाइते भएकी ति बृद्धालाई हिजो बेलुका ७ बजेतिर उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको थियो । अस्पतालले सामान्य उपचारपछि आज मध्यान्ह थप उपचारका लागि जिल्ला बाहिर रिफर गरेको छ ।
बिजौरीको दुधरासमा रहेको एक धामीलाई हेराउँदा ‘तलाईं बोक्सी देखाएको छ,’ भनेपछि ‘मलाई बोक्सी लागेर मार्न खोज्ने, अब तँलाई मार्छु’ भन्दै आफूलाई मुडकी मुड्कीले हानेको पीडित महिलालाले बताए । ति महिलाको टाउको, आँखा र अनुहारमा चोट लागेको छ । चिउडोको हाड भाँचिएकाले थप उपचार गर्न जिल्ला बाहिर लैजानु पर्ने राप्ती अञ्चल अस्पताल आकस्मिक कक्षले जनाएको छ ।
यसैबीच पीडित बृद्धाका आफन्तले बोक्सीको आरोपमा कुटपीट गर्ने हरि चौधरीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन् । पीडित पक्षको उजुरी आज प्राप्त भएकाले घटनाको बारेमा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्ने इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण