बाह्रै महिना रुखमुखि अध्ययन अध्यापन हुने विद्यालयमा चार कोठे भवनको शिलान्यास
राजविराज–कोठाको अभावका कारण बाह्रै महिना रुखमुखि अध्ययन अध्यापन भइरहेको सप्तरीको औरही–७ स्थित जनता माध्यमिक विद्यालयमा आइतवार चार कोठे भवनको शिलान्यास भएको छ । वर्षौदेखि कोठाको अभावका अध्ययन अध्यापनमा समस्या भोग्दै आएको उक्त विद्यालयमा सप्तरी क्षेत्र नम्वर–४ का सांसद ताराकान्त चौधरीले एक कार्यक्रमका बीच चार कोठे भवनको शिलान्यास गरे । कुल ३२ लाखको लागतमा निर्माण हुने उक्त भवनको काम पुरा भएपछि केहि रुपमा विद्यार्थीहरुको अध्ययन अध्यापनमा राहत हुने प्रधानाध्यापक विरेन्द्र कुमार यादवले बताए । उनले भने–‘कोठा अभावका कारण कक्षा १ देखि ४ सम्मका बालबालिकाहरुलाई बाह्रै महिना रुखमुनि अध्ययन अध्यापन गर्नु पर्ने बाध्यता छ ।’ उनले थपे–‘झन वर्षा भएको बेला त अध्ययन अध्यापनमा अति नै कठिनाई भईरहेको छ ।’ । प्रधानाध्यापक यादवको अनुसार हाल विद्यालयमा १० ओटा कोठा रहे पनि एउटामा कार्यालय, एउटामा छात्रावास र एउटामा स्टोर राखिएकोले कोठा अपुग भएको छ । भवनको सिलान्यास सम्मारोहमा सांसद ताराकान्त चौधरीले ग्रामिण भेगका विपन्न तथा दलित बालबालिकाको बाहुल्य रहेको उक्त विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसुनदेव पासवानले सदरमुकामबाट टाढा रहेको उक्त विद्यालयलाई सुविधासम्पन्न बनाउन आवश्यक रहेको बताए । जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले विद्यालयमा श्रोत साधनलगायतको सहयोग उपलब्ध गराइने बताए । उक्त अवसरमा सांसद चौधरी, जिल्ला शिक्षा अधिकारी भट्टरार्ई, नेपाल शिक्षक महासंंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष परशुराम यादव, श्रोत व्यक्ति दामोदर ठाकुर, जग्गादाता हरि प्रसाद यादवलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण