विद्यार्थीसँग पैसा असुल्ने यादवलाई दुई वर्ष जेल
धनुषा– विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ ।
आरोपित सञ्जीव फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ । उनले जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्समा निर्देशक पदमा रहँदा विद्यार्थीसँग अनधिकृत रकम उठाएर ठगी गरेको आरोपसहित कजेलका सञ्चालक गायत्री देवीले मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्ता भएको दुई वर्षपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलासबाट आज फैसला भएको हो । अदालतको फैसला अनुसार सञ्जीवले दुई वर्ष जेल सजाय, रु ४७ लाख ५२ हजार ६०० बिगो र त्यतिनै रकम जरिवाना बुझाउनुपर्नेछ ।
कलेज सञ्चालनका लागि नियुक्त गरिएका निर्देशक सञ्जीवले विद्यार्थी भर्ना तथा शुल्कको नाउँमा नक्कली रसिद दिएर रु ५३ लाख असुल गरी बैंँकमा दाखिला गरेका थिएनन् । शुल्कको नाममा ठगी गरी फरार भएलगत्तै कलेजबाट उनलाई निष्कासन गरिएको थियो । यो विवादले कजेलको पठनपाठन समेत केही समय प्रभावित बनेको थियो । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण