बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लाओससँगको मैत्रीपूणै खेलका लागि राष्ट्रिय टोलीको घोषणा

आइतबार, ०९ जेठ २०७३, १७ : ४०
आइतबार, ०९ जेठ २०७३

काठमाडौं – लाओससँग खेलिन लागेको मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालको फुटबल टोलीका प्रशिक्षक ग्योटोकु कोजीले ३३ जना खेलाडीमध्येबाट २० जना खेलाडीको छनौट गरेका छन् । गोलकिपरमा किरन चेम्जोङ र विकास कुथु छनौट भएका छन् भने डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र विराज महर्जन रहेका छन् । मिडफिल्डमा विशाल राई, विक्रम लामा, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ, रहेका छन् । यसैगरी फरवर्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र सुनिल बल रहेका छन् । मे २९ मा हुने खेलमा अनिल गुरुङले नेपालको कप्तानी गर्नेछन् । लाओस फिफा वरियतामा १७६ औं स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप