बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शेष घलेको छोरा भन्दै युवती ठग्ने चित्रकुमार पक्राउ

आइतबार, ०९ जेठ २०७३, १७ : ५३
आइतबार, ०९ जेठ २०७३

पोखरा– अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चितवन पार्वतीपुर बस्ने तनहुँ मनपाङ गाविस–२ शेराटारका २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले आकाश घलेको नामको फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको भन्दै अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ उसलई भेटनुस भनेर सम्पर्क नम्बर लिने र आफै आकाश घलेको साथी बनि भेट्दै केटीहरुलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछको क्रममा श्रेष्ठ बिगत १० बर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही गत बैशाख २५ गते नेपाल फर्किएको र निजले फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप