गोर्खा ब्रुअरीको ‘समर्सबी’ पेय बजारमा
आइतबार, ०९ जेठ २०७३, १७ : ५८
काठमाडौं – गोर्खा ब्रअरीले विश्वमै चर्चित साइडर पेय पर्दाथलाई पहिलो पटक नेपालमा भित्र्याएको छ । २५ वर्षको लामो इतिहास बोकेको गोर्खा ब्रुअरीेले समरबी एप्पल साइडरलाई नेपालमा भित्र्याएको हो ।
बजारमा महिला, पूरुष र वृद्ध समेतलाई उपयुक्त हुनेगरी यो पेयपदार्थ भित्र्याइएको यो समूहले जनाएको छ । ४ दशमलव ५ प्रतिशत अल्कोहल भएको यो पेयपदार्थलाई आजबाट बजारमा ल्याइएको गोर्खा ब्रुअरीेले जनाएको छ ।
काल्र्सवर्गले सन् २००८ मा डेनमार्क र नर्वेमा लन्च गरेको समरबी एप्पल साइडर निकै चलेको पेयपर्दाथ हो ।
समरबी एप्पल साइडर विश्वमै दोस्रो धेरै बिक्री हुने साइडरको ब्रान्ड हो । यो ब्रान्ड अहिले ५० भन्दा बढी देशमा बिक्री हुन्छ ।
यो साइडरको बजार मूल्य १ सय रुपैँया रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण