उच्च शिक्षा अध्ययनमा सांसद थापाको सहयोग
आइतबार, ०९ जेठ २०७३, १८ : १३
हेटौंडा– राप्रपा नेपालका सांसद गणेश थापाले आर्थिक समस्यामा परेकी एक विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरेका छन् ।
जिल्लाको कोगटे गाविस घर भई हेटौडा टेक्निकल कलेजमा ल्याब टेक्नेसियन अध्ययनरत मुना रानालाई थापाले नगद रु ३५ हजार सहयाग गरेका हुन् ।
थापा आइतबार त्यहाँ पुग्दा मुनाकी आमा फुलचुंगाले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् ।
उनको आग्रहलगत्तै थापाले सो सहयोग गर्नुका साथै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्वता जनाए ।
पछिल्ला केहि महिनायता थापा समाजसेवाको उद्देश्यसहित मकवानपुरमा सक्रिय छन् । मकवानपुर थापाको गृहजिल्ला पनि हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण