बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गिनिज बुकमा नाम लेखाउन ३६४ जना गायक तथा संगीतकार एकै ठाउँ

आइतबार, ०९ जेठ २०७३, १८ : २२
आइतबार, ०९ जेठ २०७३
काठमाडौं – गिनिस बुकमा नाम लेखाउने उद्देश्यसहित ३६४ जना प्रतिष्ठित गायक तथा संगीतकारहरुको स्वरमा वातावरण सम्बन्धी ३३ मिनेट ४९ सेकेण्ड लामो जनचेतना मुलक गीत रेर्कडिङ्ग गरेका छन् । गत जेठ ६ गते विहान ८ बजेदेखी साँझ ६ बजेसम्म सिंहदरवार परिसरमा रहेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्डिङ गरिएको हो । सिम नेपालको आयोजना, आईडियाज एण्ड सोलुशन म्यानेजमेन्ट कन्सलटेन्सीको व्यवस्थापन र संगीतकार संघ नेपालको सहयोगमा यो ३३ मिनेट ४९ सेकेण्ड लामो जनचेतना मुलक गीतको सफल रेकडिङ्ग गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यक्रममा राष्ट्रकवि माधव प्रसाद घिमीरेको पनि उपस्थिति थियो । उक्त गीतमा मीरा राणा, शम्भुजित बास्कोटा, दिपक जंगम, विजय लामा, ओम विक्रम विष्ट, डा.भोला रिजाल, हरिदेवि कोईराला, विमा कुमारी दुरा, हेमन्त शर्मा, सत्य राज आचार्य, स्वरुप राज आचार्य, महेश खड्का, चेतन सापकोटा, वसन्त सापकोटा, टिका भण्डारी, सुरेश अधिकारी, पशुपति शर्मा, कोमल वली, नन्द कृष्ण जोशी, नारायण रायमाझी, राजेश पायल राई, योगेश्वर अमात्य, प्रमोद खरेल, लगायत ५ बर्षिय निस्पल अधिकारी गरी नेपालका ३६४ जना प्रतिष्ठित गायक तथा संगीतकारहरुको स्वर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप