बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ला लिगामा मेस्सी र रोनाल्डोको अधिपत्य तोड्ने सुवारेज फिफा वर्ष खेलाडी बन्लान् ?

आइतबार, ०९ जेठ २०७३, १८ : ५०
आइतबार, ०९ जेठ २०७३

काठमाडौं – लुईस सुआरेजले यस सिजनको सूरुआत गर्दा एथलेटिको बिल्बाओ विरुद्ध निर्णायक गोल गरेका थिए । उनले सिजनको अन्त्य गर्दा बार्सिलोनाले ग्रानाडा विरुद्ध तीन शुन्यको जीत निकाल्यो र यस खेलमा लुईस सुआरेजले ह्याटिक गरे । लुईस सुआरेजको लोभलाग्दो यात्रा केवल संयोग होइन किनकी सिजनमा प्रत्येक खेलमा उनले उत्कृष्ट खेले । सुआरेजले यस सिजन ४० गोल गरे र १६ गोलका लागि प्रत्यक्ष पास मिलाईदिए । बार्सिलोनाले रियाल म्याड्रिडलाई पछि पार्दै स्पेनिस ला लिगाको उपाधी जित्यो । यसपटक बार्सिलोनालाई जीत दिलाउन लियोनल मेसीले भन्दा लुईस सुआरेजले उत्कृष्ट प्रदर्शन गरे । उनको प्रदर्शनसामू रियाल म्याड्रिडका क्रिष्टियानो रोनाल्डो समेत छायाँमा परे । सन् २००९ पछि मेसी र रोनाल्डोमध्ये एकले मात्रै स्पेनका उच्च गोलकर्ताले पाउने अवार्ड जितेका थिए । ६ सिजनमा उनीहरुको प्रभूत्व रहनुअघि उरुग्वेका डिएगो फोर्लानले यो अवार्ड अन्तिम पटक जितेका थिए । ६ वर्षपछि उरुग्वेकै लुईस सुआरेजले मेसी र रोनाल्डोको एकछत्र राज अन्त्य गर्दै यो अवार्ड जिते । लिभरपुलका पूर्व स्टाइकर लुईस सुआरेजले यस सिजन बार्सिलोनाबाट ५२ खेल खेल्दै ५९ गोल गरे । मेसी घाइते छदाँ सुआरेजले ९ खेलमा १० गोल गरेका थिए । उपाधी यात्रामा अन्त्यसम्म पकड बनाएको बार्सिलोना अन्त्यतिर लगातार तीन हारबाट गुज्रिएको थियो । त्यसपछि संकटग्रस्त अवस्थामा सुआरेजले ५ खेलमा १४ गोल गर्दै बार्सिलोनालाई उपाधी जिताउन महत्वपूर्ण भूमिका खेले । सुआरेजले यसपटक गोलपोस्टमा१ सय ३७ पटक प्रहार गरे । त्यसमध्ये ४० वटा प्रहारले जाली चुमे । ला लिगामा ४० गोल गरेका सुआरेजले यस सिजन जम्मा ५९ गोल गरिसकेका छन् । यदी उनले सेभिया विरुद्ध आइतबार हुने कोपा डेल रेइको फाइनलमा गोल गर्न सके बार्सिलोनाले यस सिजन दुई घरेलु उपाधी जित्नेछ । अघिल्लो सिजन लुईस सुआरेज प्रतिबन्धका कारण सुरुआती खेलहरुमा मैदान उत्रन पाएका थिएनन् । बार्सिलोनाका लािग उनले पुरै सिजन खेलेको यसपटक नै हो । गत सिजन उनले २५ गोल गर्दै २१ गोलका लागि पास मिलाइदिएका थिए । यसपटक उनको ध्यान गोल गर्नमा केन्द्रित रह्यो । ५९ गोल गर्दा सुआरेजले २२ पास मिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप