मृत अवस्थामा भेटिएकी राधा देवीको हत्या भएको माईती पक्षको आरोप
वीरगंज - वीरगंज मुर्ली बगैचामा मृत अवस्थामा भेटिएको महिला राधा साहको हत्या भएको माइती पक्षले दाबी गरेका छन् । वीरगंजको मुर्ली बंगैचा वडा न. १५ निवासी राधा देवी साह कानुको ससुराली पक्षले यताना दिएर हत्या गरेको उनका दाई जितेन्द्र प्रसाद गप्ताले आरोप लगाएका हुन् । वारा जिल्लाको महागढिमाई नगरपालिका गढीमाई टोलमा माईता रहेको राधाको गत बर्षको फागुन १० गते वीरगंज मुर्ली बगैचा निवासी सुवास प्रसाद साहसँग विहे भएको थियो । नयाँ जीवनको शुरुवात गर्न विगंज आएकी राधाको तीन महिना नवितदै हत्या भएको उनका परिवारले आरोप लगाएका छन् । केटा पक्षले राधाले आत्महत्या गरेकी वताए पनि घटनाको प्रकृति हेर्दा आत्माहत्या नभई हत्या भएको उनका दाई जितेन्द्र साहले वताए । पत्रकार महासंघ पर्साको सभा हलमा मधेशी पत्रकार सघं पर्साले आयोजना गरेको पत्रकार सम्मेलन आफनो बहिनीको हत्या भएको जितेन्द्र प्रसाद गुप्ताले वताए । घटना शुक्रवार विहानैको भए पनि माइता पक्षलाई वेलुका ५ वजे मात्र विहुला पक्षले खवर गरेको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरि रहेको वताए पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले शवको पोस्टमार्टम गरी परिवारको हिजै ससुराली पक्षलाई जिम्मा लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले थप कुरा पोस्टमार्टमको रिर्पोट आए पछि वताउने जनाएको छ । मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुको उपस्थितीमा आयोजना गरिएको पत्रकार समेलनमा मृतक राधा देवीकी माईता पक्षले आफनो छोरीले कुनै पनि हालतमा आत्मा हत्या गर्न नसक्ने वताउँदै घटनालाई प्रहरी,प्रशासन र राजनितिककर्मीहरुको मिलोमतो दवाउँन प्रयास भईरहेको दावी गरेका छन् । पत्रकार सम्मेलनमा वोल्दै मानव अधिकारकर्मी प्रमान्नद चौधरीले दोषी जो भए पनि यस्ता घटनाको छानविन गर्न जरुरी रहेको बताए । राधाको विहेमा २५ लाख रुपैया दाइजो दिएको वताउँदै उनका परिवारजनले २ लाख रुपैया दिन बाँकी नै रहेको पत्रकार सम्मेलनमा वताए । त्यो बिषयलाई लिएर उनका सासु ससुराले बिभिन्न खाले यातना दिने गर्ने वताउँदै उनका दाई जितेन्द्र गुप्ताले आफुले त्यो रकम पनि दिन बाचा गरेको बताए । तर बहिनीलाई बिहे भएको १० दिन मै मानसिक र शारिरिक यातना ससुराली पक्षले गर्न थालेको, जलाई दिने धमकी दिएको तथा चाकुले आँखा घोच्ने प्रयास गरेको साहले वताए । बहिनी बिरामी हुदा उपचार समेत नगराएको, माईतामा लगी उपचार गर्न भनेको तथा उपचार हामीले उपचार गरँी पठाएको एक दिन बितदै यस्तो घटना घटनु शंकास्पद भएको साहले बताए । मृतक राधा देवीको श्रीमान् इन्जिनियर रहेको तथा वीरगंज करिडोरमै रहेको एक कम्पनीमा काम गदै आएकोले हामीले मोटो रकम दिएर बहिनीको धार्मिक रितिरिवाज अनुसार बहिनीको बिहे गरी दिएको पनि साहले वताए । घटनाको पोस्टमार्टम आउँँन ढिलाई भई रहेको कारण घटना रहस्यमय बन्दै गएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण