गाईको मासुभन्दै अफ्रिकामा मान्छेको मासु बेचेको आरोप चीनद्वारा खण्डन
बेइजिङ – अफ्रिकी मुलुकहरुमा गाईको मासुभन्दै मान्छेको मासु बेचेको मिडिया रिपोर्टको चीनले खण्डन गरेको छ । जाम्बियामा रहेका चीनका राजदूत येङ युमिङले वक्तव्य जारी गर्दै उक्त हल्ला निराधार रहेको बताएका हुन् । जाम्बियाको एक महिलाले सामाजिक सञ्जालमा चीनले गाईको मासुभन्दै मानिसको मासु बेच्ने गरेको दाबी गरेकी थिइन् । पछि उक्त पोष्ट निकै भाइरल बनेको थियो । पछि जाम्बियाको स्थानीय पत्रिका काचेपाले चीनले अफ्रिकामा मान्छेको मासु खुवाइरहेको भन्ने समाचार नै छापेको थियो । समाजिक सञ्जालमा ती महिलाले मान्छेको मासुलाई नुन हालेको गाईको मासु भनेर चीनले बेच्ने गरेको दाबी गरेकी थिइन् । चीनले जाम्बियाको सरकारसँग उक्त पत्रिकाबाट समाचारको स्रोत माग्न आग्रह गरेको छ । यता, स्नोप्स डटकमले पनि उक्त तस्विर सन् २०१२ को भएको बताएको छ । चर्चित भिडियो गेम रेसिडेन्ट इभिल ६ को प्रबद्र्धनका लागि उक्त तस्विर प्रयोग गरिएको वेभसाइटले बताएको छ । लण्डनको एक पसलमा मानिसको मासुजस्तै बनाएर उक्त तस्विर खिचिएको थियो । पछि समाजिक सञ्जालमा विभिन्न शीर्षकमा उक्त तस्विर भाइरल बनेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण