प्रधानमन्त्रीको चीन भ्रमणमा बनेको थियो तिब्बतको रेल भारतसम्म लैजाने योजना
काठमाडौं – चीनले तिब्बतको रेल सञ्जाललाई नेपालहुँदै भारतसम्म जोड्ने योजना बनाएको भारतीय पत्रकारहरुको टोलीलाई बताएको छ । द हिन्दुमा प्रकाशित एक रिपोर्टका अनुसार चीन भ्रमणमा रहेका पत्रकारहरुलाई चिनियाँ अधिकारीहरुले बताएका हुन् ।
बेइजिङमा रहेको चाइना टिबेटोलोजी रिसर्च सेन्टरका इन्टसटिट्युट अफ हिस्ट्री स्टडिजका डाइरेक्टर झाङ युनले चिनियाँ प्रधानमन्त्री लि खस्याङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच यसै विषयमा छलफल पनि भइसकेको जानकारी दिएका थिए । गत मार्चमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको दौरान उक्त छलफल भएको युनले बताए ।
झाङ तिब्बती गतिविधिबारे चीन सरकारलाई सुझाव दिने रिसर्च टोलीका सदस्य हुन् ।
उनले यो रेलवे सञ्जालले चाँडै चीन, नेपाल र भारतलाई जोड्ने पनि दाबी गरे । ‘यसरी मात्र तीनै देशलाई फाइदा हुन्छ । यसले तीन देशको तालमेल मजबुत बनाउँछ,’ उनले भने ।
विश्वकै उच्च क्षेत्रमध्येमा रहेको तिब्बतको आधुनिक रेलवे सञ्जाल सुरुङ मार्ग हुँदै हजारौं किलोमिटर लामो रहेको छ । यसले चीनको आर्थिक महत्वकांक्षालाई प्रतिबिम्भित गर्ने जानकारहरु बताउँछन् ।
विश्कै अग्लो स्थानमा रहेको ताङगुला रेलवे स्टेसन र दाओचेङ यादिङ विमानस्थल पनि तिब्बतमा रहेको छ ।
चीनले अहिले तिब्बतमा मेनल्याण्ड चीनसम्म नयाँ रेलवे सञ्जालको विस्तार गर्ने तयारी गरेको जसले सिचुवानको राजधानी छेङदु र ल्हासालाई जोड्ने छ । हाल त्यहाँ क्वीनघाई देखि तिब्बतसम्म रेलमार्ग रहेको छ । त्यस्तै त्यहाँ ६ वटा नयाँ रेल मार्गको विस्तार गरिँदैछ । एउटा ल्हासाबाट सिगात्से पुग्नेछ जुन नेपालको सिमाको नजिक रहेको छ ।
गत हप्ता मात्र चीनले नेपालसम्म पहिलो ट्रान्सपोर्ट सेवाको सुरुवात गरेको थियो । गान्सु प्रान्तको लानझाउबाट मालबाहक रेल काठमाडौंका लागि लक्षित गरी रवना गरिएको थियो । पछि उक्त सामान कन्टेनर ट्रकमा नेपालसम्म पुर्याएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण