बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मारिए तालीवान प्रमुख मन्सुर, औपचारिक पुष्टि

आइतबार, ०९ जेठ २०७३, २० : ४९
आइतबार, ०९ जेठ २०७३

अफगानिस्तान - अफगानिस्तानको गुप्तचर एजेन्सीले तालेवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर अमेरिकी मानव रहित यान 'ड्रोन' हमलाको निशानामा परेर मारिएको पुष्टि गरेको छ।

ड्रोनले शनिबार अफगान सीमा नजिकै पाकिस्तानको दक्षिण पश्चिमस्थित दुर्गम क्षेत्रमा मन्सुरको सवारी साधनलाई निशाना बनाएको थियो। अमेरिकी विदेश मन्त्री जन केरीले मन्सुर 'अमेरिकी फौजका लागि निरन्तरको स्पष्ट खतरा' थिए। मन्सुर जुलाई २०१५ मा तालेवान संस्थापक एवं आध्यात्मिक प्रमुख मुल्ला मोहम्मद ओमारलाई विस्थापित गरेर नेता बनेका थिए। द अफगान नेशनल सेक्युरिटि डाइरेक्टोरेट 'एनडीएस'ले आइतबार बालोचिस्तान प्रान्तको दलबन्दी क्षेत्रमा आइतबार मन्सुर मारिएको जानकारी दिएको थियो। यहि नै तालेवान प्रमुख मारिएको औपचारिक पुष्टि थियो। अफगान मुख्य कार्यकारी अब्दुलाह अब्दुल्लाह र रक्षा मन्त्रालयका प्रवक्ता दौलत वाजिरिले पनि मन्सुर मारिएको बताए। पेन्टागनले शनिबार अहमद वाल शहर नजिकै राष्ट्रपति बराक ओबामाले अख्तियारी दिएर एउटा कारवाही गरिएको घोषणा गरेको थियो। पेन्टागनले कारवाहीमा संभवत मन्सुर र उनीसँग यात्रा गरिरहेका एकजना पुरुष लडाकु मारिएको जनाएको थियो। तालेवानका तर्फबाट भने परस्परविरोधी समाचारहरु प्राप्त भएका छन्। नाम उल्लेख नगरिएका एकजना तालेवान कमाण्डरले रोयटर्सलाई भने, "हामीले यो आधारहीन समाचार सुनेका छौं तर यस्तो समाचार सुनेको यो पहिलोपटक होइन। मेरो सूचना अनुसार मुल्लाह मन्सुर मारिएका छैनन्।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप