नेपालको रक्सी पसलमा भेटिए हतियारसहित ६ भारतीय
शुक्रबार, २८ जेठ २०७३, १९ : ४९
महोत्तरी – जिल्लाको पोखरभिण्डा गाविसको संग्राम पुरस्थित रक्सी भट्टीबाट सात जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरीलाई बुझाएको छ ।
सुराकीको आधारमा चेक जाच गर्नेक्रममा मेड इन इन्डिया लेखेको पिस्टल एक थान, सो मा प्रयोग हुने गोली तीन थान र म्यागजिन एक थान रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमा गौशालाका अमन कुमार साह तथा भारत विहारस्थित सिरसियाका दिनेश कुमार महतो, रामवली कुमार, रंजित कुमारसुडी महुवाका हिरा कुमार महतो, राज कुमार राम तथा भारतकै लहुवाका अजित कुमार महतो गरि एक नेपाली र ६ भारतीय रहेका छन् ।
बिहारमा मदिरा प्रतिबन्धित भएपछि भारतीयहरु सीमा क्षेत्रमा रहेका नेपालको मदिरा पसलमा आउने गरेका छन् । यसमा प्रहरीले निगरानी बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण