आगामी वर्षभित्रै काभ्रेको डाडापारि मोटरबाटोको संजालभित्र
काभ्रे–राजधानीसँगै जोडिएको जिल्ला भएर पनि काभ्रेको कर्णाली भनेर चिनिने डाडापारि क्षेत्र आगामी वर्षभित्रै सडक संजालसँग जोडिने भएको छ । काभ्रे क्षेत्र नं. १ का सांसद सदस्य तीर्थ लामाको पहलमा निर्माण आरम्भ भएको सडकखण्डको काम तीब्र गतिमा अघि बढेसँगै यस भेगका जनतामा यातायात पहुँचको आशा पलाएको हो । मोटर सुविधाका लागि १ दिनभन्दा बढिको पैदल यात्रा गर्न बाध्य यस भेगका ५ गाविस बुढाखानी, फोक्सिङटार, वनखुचौर, घर्तिछाप र गोकुलेमा मोटरबाटो पु¥याउन सांसद लामाले २०७० मंशिर ४ को संविधानसभा निर्वाचनबाट निर्वाचित भएलगत्तै केन्द्रिय स्तरबाटै योजना पार्ने काम गरेका थिए । अहिलेसम्म ६ करोड २५ लाख बजेट यस योजनामा परिसकेको तथा यस वर्ष थप १० करोड बजेट पार्ने काम भएको सांसद लामाले बताए । प्रजातन्त्र प्राप्तिपछि २०४८ मा भएको आम निर्वाचनसँगै यस भेगका जनतालाई मोटरबाटोको आश्वासन दिएर भोट बटुल्ने मात्र काम गरेका यसअघिका जनप्रतिनिधीहरुको व्यवहारबाट निराश भएका यहाँका जनता मोटरबाटोको निर्माणको काम तिब्र गतिमा अघि बढेसँगै हर्षित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण