जिस्म नेपाली फिल्मको ट्रेलर रिलिज
काठमाडौँ- पछिलो समय विभिन्न कारणले चर्चामा रहेको चलचित्र जिस्म असार ३१ बाट प्रदर्शनी मा आउने भएको छ | राजु गिरि प्रोडकसनको प्रस्तुतिमा रहेको सो फिल्म का निर्देसक राजु गिरि नै रहेका छन् |
अर्चना पनेरु चलचित्रमा मुख्य भूमिका मा देखिएकी छन् | सो चलचित्र अर्चना पनेरु को पहिलो फिल्म मानिएपनि प्रदर्शन मिति को हिसाब ले दोस्रो फिल्म बन्न पुगेको छ | फिल्म ‘जिस्म’को लागि अर्चनालाई ४ लाख रुपैयाँ पारिश्रमिक दिइसकेको निर्देशकले बताएका छन् । चलचित्रमा अर्चना पनेरु बाहेक सुरेन्द्र बुढाथोकी मुख्य भूमिकामा देखिन्छ | चलचित्र का निर्माता भने काज़ल र रिया गिरि रहेका छन् |
'आफु बेचिएर अरुको कल्याण हुन्छ भने आफु बेचिन तयार र नचाहे पनि सो धन्दा मा लाग्नु पर्ने स्तिथि फिल्म को बिषयबस्तु रहेको र स्टोरीमा दम भएका कारण हिन्दि संग तुलना गर्न मिल्ने ' निर्देशक राजु गिरि को भनाइ छ |
सो फिल्म 'ग्लामर' बाट पुनानामकरण गरि ” जिस्म” राखिएको हो | फिल्ममा संगीत योगेश काजीको रहेको छ भने छायांकन रामेश्वर कार्की को रहेको छ | यस फिल्मलाई श्रीराम बालाजी फिल्म ले असार ३१ गते बाट देशभर प्रदर्शनी मा ल्याउदै छ भने अन्तराष्ट्रिय रिलिजको जिम्मा हाइलाइत्स नेपालले लिएको छ|
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण