‘अनशन बसेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा वार्तामा आउनुहोस्’ : प्रधानमन्त्रीका सल्लाहकार
काठमाडौं – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार आन्दोलनरत पक्षहरुको मागप्रति सरकार जिम्मेवार रहेको बताएका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीले समस्याको हल गर्नकै लागि पत्राचार गर्नुभएको हो, यो कुनै चोर पुलिसको खेल गर्न गरिएको होईन् ।’ उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित गठबन्धनमा आबद्ध सातैवटा संघर्ष समितिको नाममा पत्राचार गरिएको जानकारी समेत दिए ।
उनले भने,‘साझा ठाउँमा बसेर समस्याको हल होस् भन्ने चाहनाले हामीले सर्वदलीय बैठक समेत बोलायौं, तर उहाँहरु आउनुभएन्, बोलाउँदा नआउने अनि जहाँ भेट्यो त्यही पत्र दिने काम भैरहेको छ, यो त चोर पुलिस खेलेजस्तो भयो ।’ उनले सरकारले मोर्चा वा गठबन्धन फुटाएर शासन गर्न खोेजेको भन्ने मोर्चाका नेताहरुको भनाईप्रति लक्षित गर्दै भने,‘हामी त तपाईहरु एक ढिक्का भएर आउनुहोस् भन्ने पक्षमा छौं, एक एक जनासँग डिल गर्नुभन्दा सामूहिक रुपमा समस्याको समाधान होस् भन्ने पक्षमा हामी छौं, हामी कसैलाई फुटाएर राजनीति गर्न चाहँदैनौं ।’
मोर्चाले उठाएका मागहरुमध्ये कतिपय मागहरु संविधान जारी भएसँगै रुपान्तरित भैसकेको उल्लेख गरे । मोर्चाले राखेका मागमध्ये आन्दोलनमा घाईते भएकाहरुलाई र मृत्तकका आफन्तलाई सरकारले पैसा उपलब्ध गराईसकेको समेत उनले जानकारी दिए । उनले भने,‘हामी उहाँहरुका मागप्रति संवेदनशील छौं, अझै हामीले त आउनुहोस टु दि प्वाईन्ट केस वाईज छलफल गरौं भनिरहेका छौं ।’
अहिले मोर्चामा आवद्ध नेताहरु आन्दोलनका संघर्षका रापतापबाट बनेको भन्दै अनशन बसेर आफ्नो स्वास्थ्य नबिगार्न रिमालले सुझाव दिए । उनले भने,‘ठूलो आन्दोलनको संघर्षबाट जन्मिएको नेता हो उपेन्द्र यादव, उहाँलाई मेरो आग्रह छ, तपाई आफ्नो स्वास्थ्य नबिगार्नुहोस्, आउनुहोस वार्ताबाटै छलफल गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण