गाजलुको व्यापार : ३ दिनमा २ करोड ?
काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र गाजलुले आक्रामक व्यापार गरेको छ । अधिकांश हलहरु हाउसफूल भएका छन् । काठमाण्डौं, पोखरा र नारायणघाट लगायत देशभरका अधिकांश हलहरुमा सोमबारसम्म पनि दर्शकको घुइँचो उस्तै छ ।
प्रदर्शनको पहिलो दिन ५० लाखको आक्रामक ओपनिङ गरेको र आइतबारसम्मको व्यापार जोड्दा २ करोड नजिक पुगेको निर्माता रोहित अधिकारीले दाबी गरेका छन् ।
उपत्यकाका २१ र उपत्यका बाहिर ६० वटा हलहरुमा गाजलुको प्रदर्शन भइरहेको छ । प्रदर्शन अघि नै गाजलुलाई वहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।
पूर्व कुमारी युवतीको प्रेम सन्दर्भ समेटिएको गाजलुको निर्देशन हेमराज वि.सीले गरेका हुन् । गाजलुमा चर्चित युवा स्टार अनमोल केसी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ*, सलोन बस्नेत, गौरव पहारी लगायतको अभिनय रहेको छ ।
शनिबारदेखि अष्ट्रेलियाको सिड्नी आइतबारदेखि मेलवन शहरमा गाजलुको प्रदर्शन शुरु भएको छ । त्यहाँ पनि हाउसफूल भएको निर्माता अधिकारीले बताए ।
शुरुवातमै आक्रामक व्यापार गरेको गाजलुले सर्वाधिक कमाइको रेकर्ड बनाउने सम्भावना प्रबल देखिएको छ । अहिलेसम्म चलचित्र ड्रिम्सले ६ करोडको सर्वाधिक व्यापार गरेको छ ।
* सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
-
यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण