प्रधानमन्त्री ओली मानसिक रुपमा तयार नभएसम्म वार्तामा बस्दैनौः अशोक राई
काठमाडौं–संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओली उपलब्धिपूर्ण वार्ताका लागि मानसिक रुपमा तयार नभएसम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् ।
संघीय गठबन्धनले अघि सारेको २६ बुँदे मागका सम्बन्धमा प्रधानमन्त्री ओली ठोस निष्कर्षमा पुग्ने मानसिकतासहित वार्ताको पक्षमा उभिनुपर्ने उनको भनाइ छ । ‘विगतमा उहाँले आप्mनो तर्पmबाट भीम रावलजीलाई खटाउनुभयो, एमाओवादीबाट महराजी आउनुभो, कांग्रेसबाट महेश आचार्यजी आउनुभो । वार्ता गम्भीर ढंगले हुनु सुरु गरेको थियो, केही विषयमा सहमति नजिक पुग्ने अवस्था पनि भएको थियो तर प्रधानमन्त्रीजीले म त मानसिक रुपमा तयार छैन, यो कुरा मान्न तत्पर छैन भन्नुभएपछि त्यतिखेरको मिहेनत खेर गयो । हामी त्यो किसिमको वार्तामा बस्न तयार छैनौ,’ सोमबार खुलामञ्चमा रिले अनसन बसिरहेका नेता राईले भने, ‘सबभन्दा पहिला प्रधानमन्त्री मानसिक रुपमा तयार हुनुपर्यो, हामीले राखेको माग सम्बोधन गर्ने सम्बन्धमा एउटा निष्कर्षमा पुग्ने मानसिकता बनाउनुप¥यो, त्यसपछि वार्तामा बस्दाखेरि मात्रै उपलब्धि हुन्छ ।’ उनले वार्ता र संवादबाटै समस्याको समाधान खोज्ने हो भने प्रधानमन्त्री ओलीले हल्ला कम काम ज्यादा गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीजीले समस्याको समाधान खोज्नुछ भने हल्ला कम काम ज्यादा गर्नुपर्यो, आप्mनो विश्वास पात्रलाई म्याण्डेड दिएर आन्दोलनकारीहरुलाई सम्पर्कमा ल्याउनुप¥र्यो,’ उनले भने, ‘सरकारले वार्ता गरेर समस्या समाधान गर्ने ठूलो पहल गरिरहेको छ भनेर सन्देशचाहिँ दिने तर परिणाम केही पनि नआउने, विगतको यही अनुभवको आधारमा हामी अब हाम्रा पूर्वसर्तहरु पूरा गरी विश्वासको वातावरण तयार पारेपछि मात्रै वार्तामा बस्छौ ।’ उनले वार्ताको हल्ला गर्ने, जनतालाई आश देखाउने र अन्तमा निराश बनाउने कर्ममा सरकार लाग्न नहुने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
-
बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने
-
दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण
-
सामान्य प्रशासन मन्त्रालयले भन्यो– निजामती कर्मचारीको मूल्याङ्कन अब कार्यसम्पादनमा आधारित हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण