पुनःनिर्माण प्रभावकारी बनाउन स्थानीय निर्वाचन माग
सोमबार, ३१ जेठ २०७३, १० : २२
काठमाडौँ– पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अघि बढाउन स्थानीयस्तरको निर्वाचन आवश्यक रहेको बताइएको छ ।
महिला कानुन विकास मञ्चले आज यहाँ आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अनुगमन छलफल कार्यक्रम वक्ताले वास्तविक पीडितको समस्या बुझ्न पनि निर्वाचन आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिव डा भीष्म भुसालले भूकम्पबाट प्रभावितहरुलाई आफ्नो आवास निर्माणको काम गर्दा सोसम्बन्धी सरकारले बनाएको नीतिनियमको पालना गर्दै काम गर्न आग्रह गरे ।
मञ्चका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले भूकम्प प्रभावित जिल्लामा सहयोग गर्दा सरकाले सो स्थानको आवश्यकता हेरी लैङ्गिक समावेशिताका आधारमा सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संस्थाले केही समयअघि गोरखा, धादिङ, रसुवा, काठमाडौँ, दोलखा र सिन्धुपाल्चोकमा गरेको एक अध्ययनले भूकम्पपीडित भौतिक रुपमा मात्र नभई मानसिक रुपमा पनि पीडित भएकाले सहजताका लागि परामर्शको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीले पुनःनिर्माण प्राधिकरण पुनःनिर्माणको काम कछुवाको गतिमा मात्र गएको बताउँदै भूकम्पले प्रभावित जिल्लाका केही स्थानमा ठूलो समस्याका रुपमा पानीको हाहाकार भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
-
यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण