युरोकपको उपाधि दाबेदार इंल्याण्ड बाहिरियो, आइसल्याण्ड इतिहास रच्न सफल
मङ्गलबार, १४ असार २०७३, ०८ : २४
काठमाडौं, असार १४– आइसल्याण्ड इंल्याण्डलाई पराजित गर्दै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
युरोपकमा पहिलो पटक सहभागिता जनाएको उसले इंल्याण्डलाई २–१ ले पाखा लगायो । इतिहास रच्ने क्रममा आइसल्याण्डका सेगुएडर्सन र सिगोर्थनले गोल गरे ।
खेलको छैटौं मिनेटमा आइसल्याण्डका सेगुएडर्सनले पहिलो गोल गरे भने १८ औं मिनेटमा सिगोथर्सनले विजयी गोल ठोके ।
तर, खेलमा सुरुवाती अग्रता भने इंग्ल्याण्डले लिएपनि त्यसलाई कायमै राख्न सकेन । चौथो मिनेटमै पेनाल्टी गोलमार्फत कप्तान वाइन रुनीले गोल गर्दै इंल्याण्डलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
पहिलो हाफमै २–१ ले पछि परेको उपाधिको दाबेदार मानिएको इंग्ल्याण्डले राम्रो प्रदर्शन गरेपनि गोल भने गर्न बाट चुक्दा प्रतियोगिताबाटै बाहिरियो ।
आइसल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।
यसैबीच इंल्याण्डका प्रशिक्षक रोय हर्डसनले राजीनामा दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
-
१० बजे १० समाचार : सम्पत्ति छानबिनबारे सर्वोच्चको आदेशदेखि गणेश नेपालीको मृत्युले हंगामासम्म
-
सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण