जननेता मदन भण्डारी देशभक्त नायकः प्रधानमन्त्री
मङ्गलबार, १४ असार २०७३, १२ : ४२
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन् ।
मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले स्व जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए ।
प्रधानमन्त्री ओलीले भने – “मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।”
शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे ।
नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्ने वातावरणको सिर्जना गर्न सके धेरै राम्रा प्रतिभाहरु उजागर हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सो कलेज स्थापनाको सुरुको अवस्था स्मरण गर्दै भने – “कलेज सुरु गर्दा पैसा थिएन, पूर्वाधार थिएन, इच्छाशक्ति र सङ्कल्प मात्रै थियो, निकै कठिनाइ र सङ्घर्षले कलेज यहाँसम्म आएको हो ।”
सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु निकै प्रतिभावान् भएकामा खुसी व्यक्त गर्दै उनले मदन भण्डारी कलेजमा पढ्ने विद्यार्थी बोली, वचन र आचरणमा राम्रा र सद्गुणी हुनुपर्नेमा जोड दिए ।
कलेजका प्रमुख डम्बरबहादुर हमालले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै प्रत्येक क्षेत्रमा विद्यार्थीले राम्रो गरिरहेको चर्चा गर्दै चीन सरकारको सहयोगमा छ जना विद्यार्थीलाई एमबिबिएस र इन्जिनियरिङ अध्ययनका लागि अवसर आएकोप्रति निकै हर्षित भएको सुनाए ।
कलेजले यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख तथा प्राध्यापक पी खरेललाई प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सम्मानपत्रसहित रु २५ हजार प्रा खरेललाई प्रदान गरे ।
त्यस्तै, कलेजले उच्च माध्यमिक शिक्षातर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल छात्र सुदन लामिछाने र छात्रा रमा पराजुलीलाई प्रधानमन्त्री ओलीले स्वर्णपदक प्रदान गरी बधाई दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण