शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा

शनिबार, २७ असार २०८३, ०३ : १४
शनिबार, २७ असार २०८३

सारांश

  • लगातारको भारी वर्षाले कीर्तिपुरको राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टर बागमती नदीको बाढीले डुबेको छ ।
  • शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीको बहाव बढेपछि सेन्टरभित्र बाढी पसेको हो ।
  • बाढीले होल्डिङ सेन्टरमा आश्रय लिई बसिरहेका सुकुमबासी परिवारहरूका सरसामान र लत्ताकपडा डुबेपछि उनीहरू ज्यान जोगाउन सडकमा पुगेका छन् ।

काठमाडौँ । लगातारको भारी वर्षाका कारण कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले स्थानीय राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टर डुबाएको छ । शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण बागमती नदीको बहाव बढेर बाढी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिई बसिरहेका सुकुमबासी परिवारहरू पूर्ण रूपमा बिचल्लीमा परेका छन् ।

बाढीको पानी तीव्र गतिमा होल्डिङ सेन्टरभित्र पसेपछि सुकुमबासीहरू आफ्ना सरसामान र लत्ताकपडा बचाउन नपाउँदै ज्यान जोगाउनका लागि कीर्तिपुरको मुख्य सडकसम्म पुगेका छन् ।

बाढीका कारण उनीहरूका खाद्यान्न, ओछ्यान र दैनिक प्रयोगका सामाग्रीहरू पानीमा डुबेर नष्ट भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप