शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि

शनिबार, २७ असार २०८३, ०२ : ३७
शनिबार, २७ असार २०८३

सारांश

  • स्पेनले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा बेल्जियम विरुद्ध ८८औँ मिनेटमा मिकेल मेरिनोको गोलबाट २-१ को अग्रता लिएको छ।
  • खेल अतिरिक्त समयमा जान सक्ने अवस्थामा मेरिनोले गोल गरेका हुन्।

काठमाडाैँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्पेनले अन्तिम समयमा पुनः अग्रता लिन सफल भएको छ । खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बलियो भइरहेका बेला खेलको ८८ औँ मिनेटमा स्पेनका मिडफिल्डर मिकेल मेरिनोले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफ अन्तर्गत दुवै टोलीले १–१ को बराबरी तोड्नका लागि कडा संघर्ष गरिरहेका थिए । खेलको ७१औँ मिनेटमा बेल्जियमका मुख्य गोलरक्षक थिबाउ कोर्टवा बाहिरिएर वैकल्पिक गोलरक्षक सेने ल्यामेन्स मैदान प्रवेश गरेपछि स्पेनले बेल्जियमको रक्षापङ्क्तिमाथि दबाब बढाएको थियो । अन्ततः खेल ६ नम्बर जर्सीका मिडफिल्डर मेरिनोले गोल गर्दै स्पेनको जितको सम्भावना बलियो बनाएका छन् ।

नियमित समय सकिनै लाग्दा भएको यस गोलले बेल्जियमलाई ठुलो धक्का दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप