पूनःनिमार्णको मुद्दालाई दलहरुले राजनीतिकरण गरे : मन्त्री गजुरेल
भक्तपुर – कृषि मन्त्री हरिबोल गजुरेलले भूकम्पपछिको पूनःनिमार्णको मुद्दालाई दलहरुले राजनीतिकरण गर्नाले ढिलासुस्ती भएको बताएका छन् । रफत सञ्चार क्लबले मड्डलबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने ‘साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिलासुस्ती भएको हो ।
राजनीतिक अस्थिरताका कारण बैज्ञानिकरु विदेश पलायन भएको र राष्ट्रिय सहमतीको सरकार निमार्णसँगै अस्थिरता कमी हुने समेत मन्त्री गजुरेलले बताए ।
‘विदेशिन बाध्य भएका युवाहरुलाई स्वदेशमै कृर्षि क्षेत्रमा काम गरि जीवन जोहो गर्न सक्ने वातारण तयार पार्न सरकार लागि परेको छ,’ मन्त्री गजुरेलले भने ।
छिट्टै राष्ट्रिय सहमतीको सरकारको निमार्ण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको बताए । कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले भने ‘सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भइनसकेको छ’ ।
मधेश अन्दोलनको जायज माग सम्बोधन गरि तोकेकै समयमा निर्वाचन गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
सरकारकै संरक्षणमा कालोबजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षणकै कारण कालोबजारी मौलाएको गजुरेलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण