भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिनुपर्ने कांग्रेसको नयाँ प्रस्ताव
काठमाडौँ –भूकम्पपीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मंगलबारको शीर्ष बैठकमा लचक ढंगले प्रस्तुत भएको छ । कांग्रेस लचक भएसँगै शीर्ष बैठक सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बैठकमा कांग्रेसले यसअघि राख्दै आएको एकमुष्ट दुई लाख दिनुपर्ने मागमा केही लचकता अपनाउँदै पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिएर दुई किस्तामा भूकम्पपीडितलाई राहत रकम दिनुपर्ने नयाँ प्रस्ताव राखेको वार्ता कार्यदलका सदस्य एवम् राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए ।
व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालगायत शीर्ष नेता र कार्यदलको संयुक्त बैठक बसेको थियो ।
गिरीका अनुसार पहिलो किस्तामा डेड लाख दिन मिल्ने वा नमिल्ने विषयमा अर्थ मन्त्रालय र पुनःनिर्माण प्राधिकरणले थप गृहकार्य गरेर बुधबार थप छलफल गर्ने सहमति भएको छ ।
विश्व बैंकसँग यसअघि कांग्रेस नेतृत्वकै सरकारले गरेको सहायता रकम वितरणबारेको सम्झौतालाई समेत मध्यनजर गर्दै टुङ्गोमा पुगिने उनको भनाइ छ ।
काँग्रेस नेता एवम् कार्यदलका सदस्य डा प्रकाशशरण महतले बैठकमा भूकम्पपीडितलाई एकमुष्ठ रकम दिने विषयमा सत्ता साझेदार दल माओवादीसमेत सहमत भएको तर एमालेका कारण निष्कर्षमा पुग्न समस्या परेको बैठकपछि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण