कमल थापाको विद्रोही पार्टी फुट्यो
काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तर पार्टी फुट्न पुगेको छ । कार्यबहाक अध्यक्ष गणेश शेरचनलाई बहुमत केन्द्रीय सदस्यको बलमा हटाइएको असन्तुष्ट समुहले घोषणा गरेको छ ।
आज राजधानीमा उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा बसेको समानान्तर पार्टीको बैठकले शेरचनलाई हटाउने निर्णय गरिएको पार्टी महामन्त्री श्याम तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए । असन्तुष्ट समुहले बहुमत केन्द्रीय समितिको बलमा शेरचनलाई हटाएको घोषणा गरेसँगै पार्टी झुट्न पुगेको हो । राप्रपा नेपाल समानान्तर पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले पार्टीलाई सहि नेतृत्व दिन नसकेको , एकता प्रक्रियामा बाधा खडा गरेको लगायतका कारणले उनलाई हटाउने निर्णय गरिएको रातोपाटीलाई बताए । शेरचनलाई कारबाही गर्ने निर्णय गरेको राप्रपा समानान्तरले राप्रपासँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय समेत गरेको छ । यस्तै एकीकृत राप्रपा निर्माण अभियानमा लागिपर्ने समेत बैठकले निर्णय गरेको लावतीले बताए । फुटपछि गणेश शेरचन समुह भने कसरी अघि बढ्न भन्नेबारे खुल्न बाँकी रहेको छ । उनको समुहमा पनि प्रभावशाली नेताहरु रहेको बताइएको छ ।
यसैबीच केहि महिनाअघि मात्रै कमल थापाको कारबाहीमा परेका केशरबहादुर विष्ट समुहसँग एक्ताअघि मिलेर जाने विषयमा समानान्तर सहमत भएको बुझिएको छ ।
कमल थापासँग छुट्टिएर बनेको समानान्तर पार्टीका अध्यक्ष पद्मसुन्दर लावतीको एकवर्षअघि निधन भएसँगै कार्यबहाकको अध्यक्ष शेरचनलाई दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण