गणेश नेपाली आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाका प्रतिनिधि हुन्: सांसद जगदीश खरेल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
- सांसद खरेलले रोजगारीको अभाव र अवसरको कमीले युवामा बढ्दै गएको निराशाका कारण गणेश नेपाली आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाको प्रतिनिधि भएको बताए।
- उनले मृतक गणेश नेपालीको परिवारले न्याय पाउनुपर्ने र आगामी दिनमा यस्ता घटना नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसद्मा समेत आवाज उठाएको जानकारी दिए।
मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दै गएको उल्लेख गर्दै उनले गणेश नेपालीलाई आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाको प्रतिनिधिको रूपमा चित्रण गरे। सांसद खरेलले जस्तोसुकै तर्क गरे पनि यस घटनामा मृतक नै सही भएको जिकिर गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार तत्पर हुनुपर्ने बताए।
उनले भने, ‘दैनिक गुजारा चलाउन सङ्घर्ष गरिरहेका एउटा सामान्य युवाको अवस्थालाई उनले प्रतिनिधित्व गर्छन्। यस सन्दर्भमा गहिरो छानबिन हुनुपर्छ।’ उनको जीवनको मूल्य कसैसँग पनि दाँजिन नसकिने र गुमेको जीवन कुनै पनि बहानामा फिर्ता हुन नसक्ने उनले उल्लेख गरे। उनले थपे, ‘गणेश नेपाली अब हामीमाझ छैनन्, तर कम्तीमा सत्यतथ्य बाहिर ल्याएर उनको परिवारले न्याय पाउनुपर्छ। आगामी दिनमा यस्ता हृदयविदारक घटनाहरू नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ।’
सांसद खरेलले सरकारमाथि आफ्नो भरोसा र विश्वास रहेको बताउँदै यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पुर्याउन आग्रह समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण