शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
क्रिकेट

नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका

शुक्रबार, २६ असार २०८३, १८ : ०४
शुक्रबार, २६ असार २०८३

सारांश

  • नेपाल र भारत 'ए' बीच तीन खेलको टी-२० शृङ्खला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ।
  • यो शृङ्खला सन् २०२६ को डिसेम्बर ९, ११ र १३ तारिखमा आयोजना हुनेछ।
  • नेपाल क्रिकेट सङ्घ र भारतीय क्रिकेट कन्ट्रोल बोर्डबीचको बैठकले यो प्रतियोगिता गर्ने निर्णय गरेको हो।

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बिच तीन खेलको टी–२० शृङ्खला हुने भएको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

यो शृङ्खला सन् २०२६ को डिसेम्बर ९, ११ र १३ तारिखमा आयोजना हुने तय भएको छ। स्कटल्यान्डमा सम्पन्न आईसीसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजीत साइकियाबीच भएको बैठकले यो टी–२० शृङ्खला गर्ने निर्णय गरेको हो।

घोषित खेल तालिकाअनुसार नेपाल र भारत ‘ए’ बिचको पहिलो टी–२० खेल डिसेम्बर ९, २०२६ मा हुनेछ। यसैगरी, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा सञ्चालन हुनेछ।

740628402_1068162312443920_4357694301479678030_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप