पुनर्वीमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब कायम
बिहीबार, १६ असार २०७३, १८ : ००
काठमाडौ–सरकार र बीमा कम्पनीहरुको समेत लगानी रहेको पुनर्वीमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब कायम भएको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाले अधिकृत पुँजी पाँच अर्बबाट १५ अर्ब र जारी पुँजी तीन अर्बबाट १५ अर्ब कायम गरेको जनाएको छ ।
जोखिम समुहको पुनर्बीमा व्यवस्थापन गर्न २०६० साल असोजमा नेपाल सरकार र सवै निर्जीवन बीमा कम्पनीहरुको साझा संस्थाको स्वरुपमा आकस्मिक बीमा कोषको स्थापना भई सञ्चालनमा रही आएकोमा नेपाल सरकारको २०७१ साउनमा कम्पनीमा परिणत भई पुनर्बीमाको विधिवत इजाजत पत्र प्राप्त गरी काम भैरहेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष महेश कुमार गुरागाईंद्घारा प्रस्तुत आर्थिक वर्ष २०७१÷७२ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने आब २०७२।७३ को लागि लेखापरीक्षकमा सूबोध एण्ड एशासियट्स्, चार्टर्ड एकाउन्टेन्ट्स् लाई नियूक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण