मुग्लिन सडक पुनः अबरुद्ध, वैकल्पिक मार्ग अपनाउन आग्रह
शुक्रबार, १७ असार २०७३, १० : ३०
चितवन - चितवनको चन्डिभञ्याङ–९ स्थित पाँच किलो भन्ने स्थानमा माथिबाट खसेको ठूलो ढुङ्गोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ ।
भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा आज बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो क्षेत्रमा ढुङ्गा खसेको र अन्य ठाउँठाउँमा पहिरो खसेकाले अहिले मुग्लिन र नारायणगढबाट दुईवटा डोजर तथा लोडरसहित प्रहरी पठाइएको छ । वर्षा जारी रहेकाले पहिरो पुनः खस्ने डर रहेको जनाइएको छ ।
सडक बन्द हुँदा उक्त खण्डमा गाडीको लामो लाइन लागेको छ । केही दिनअघि पहिरोले यहाँ एउटा कार नै पुरेको थियो । गाडी रोकिँदा पहिरोले गाडी नै पुर्ने जोखिमसमेत बढ्दो छ ।
सामान्य पानी पर्दासमेत सो क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएकाले वैकल्पिक मार्ग अपनाउन चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले सबैमा आग्रह गरेका छन् । नारायणगढ –मुग्लिन सडक आयोजनाले पनि केही लामो भए पनि बर्सातको समयमा वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ ।
यहाँ आयोजनाले सडक विस्तारका लागि विभिन्न क्षेत्रमा खनेकाले सोही क्षेत्रमा पानी पर्दा पहिरो खस्दै आएको छ । दैनिक सात हजारभन्दा बढी सवारी चल्ने सो सडकखण्ड बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा क्षेत्र जाने आउने सवारी पूर्णरुपमा रोकिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण