पहिरोले पुरिँदा दुईको मृत्यु, महिला बेपत्ता
शुक्रबार, १७ असार २०७३, १० : ५०
बैतडी । बिहिबार राति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर शुक्रबार बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् ।
यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ । घरमा रहेको लत्ताकपडा, अन्नलगायत गाईवस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ ।
यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र नाम खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।
उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ । बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण