फेसबुक परिवर्तन हुँदै, थाहा पाउनुहोस् यसको असर
शुक्रबार, १७ असार २०७३, १३ : १७
काठमाडौं । सोसल नेटवर्किङ साइट फेसबुक एकपटक फेरी परिवर्तन हुँदै छ । फेसबुकमा अब प्रयोगकर्ताहरुले आफ्नो न्यूज फिडमा प्रकाशकका समाचार भन्दा साथीभाइ र परिवारका सदस्यको बढिभन्दा बढि पोष्ट देख्न पाउनेछन् ।
आफ्नो एक ब्लगमा जानकारी दिँदै फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्न लागेको बताएको छ । कम्पनीका प्रडक्ट म्यानेजमेन्टका उप–सभापति एडम मोसेरीले ब्लग पोष्टमा लेखेका छन्, ‘आफ्ना साथीभाइ र परिवारको कुनै पनि पोष्ट मिस नहोस् भन्ने उद्देश्यका साथ न्यूज फिडको शीर्ष स्थानमा साथीभाइ र परिवारको पोष्टहरु देखा पर्नेछन् । हामी तपाईंहरुबाटै सिक्छौं । समयसँगै हामी फेसबुकलाई परिवर्तित गर्दै लान्छौं पनि । ’
यसभन्दा पहिले फेसबुकले सन् २०१४ मा पनि न्यूज फिड परिवर्तन गरेको थियो जसका कारण प्रकाशकहरु चिन्तामा परेका थिए । त्यतिबेला फेसबुकको अल्गोरिदममा परिवर्तन हुँदा कम्पनीहरुको पेज प्रोमोट नगरिकन धेरै मानिसहरुसम्म नपुग्ने उनीहरुले अनुमान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण