साडीको पासो लगाइ युवकद्वारा आत्महत्या
शुक्रबार, १७ असार २०७३, १५ : ०५
महोत्तरी - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ४ मा आज मध्यान्ह पङ्खामा झुन्डिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका– ४ बस्ने सीताराम साह सोनारको छोरा २८ वर्षीय सन्तोष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
केहिदिनदेखि तनावमा रहँदै आएका युवक आज मध्यान्ह १२.३० बजेतिर घरमा कोही नभएको बेला आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा साडीको पासो लगाई झुन्डिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
सन्तोषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण