पोखरामा झण्डै ६ किलोको बच्चा जन्मियो, नेपालमा अहिले सम्मकै धेरै तौल भएको दाबी
पोखरा – पोखरामा एक महिलाले ५ किलो ७ सय ५० ग्राम तौल भएको शिशु जन्माएकी छिन् । स्याङ्जा एलादी १ घर भइ हाल पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीय लक्ष्मी गुरुङ्गले ५.७५ किलोग्रामको छोरा जन्माएकी हुन् ।
शुक्रबार साँझ ५ बजेर ४६ मिनेटमा रानीपौवा स्थित साइ अर्चना हस्पिटलमा शल्यक्रिया गरि निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन् । लक्ष्मीका श्रीमान् होम बहादुर गुरुङ्गका अनुसार उनीहरुको यो दोस्रो सन्तान हो ।
धेरै तौल भएको शिशु जन्मिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेफर गरिएको शिशुलाई अहिले एनआइसियुमा राखिएको अस्पतालका डा रामचन्द्र बास्तोलाले जानकारी दिए । यति धेरै तोल भएको बच्चा जन्मिएको नेपालमा सम्भवत यो पहिलो भएको डा बास्तोलाले बताए ।
उनका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ ।‘‘मैलै थाहा पाएसम्म नेपालमा हालसम्म यति धेरै तौल भएको बच्चा जन्मिएको छैन ’, डा बास्तोलाले भने ।
विगत ३ वर्ष देखि पोखरामा बस्दै आएका होम बहादुर र लक्ष्मीको २ वर्षको छोरी पनि रहेकी छिन् । होम बहादुरले पोखरामा ट्याक्सी चलाउदै आएका छन् । एक महिनाअघि भारतमा ६ किलो ८ सय ग्रामको बच्चा जन्मिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण