दुर्घटनामा खुट्टा गुमाएका नेपाली कतारमा अलपत्र
दोहा– करिब १५ महिनाअघि कामकै क्रममा खुट्टा गुमाउन पुगेका नुवाकोट जिलिङ– ३ का २३ बर्षिय पुष्पक दाहाल कतारमा अलपत्र परेका छन् । २ बर्ष अघि कतारको अल हसन ट्रान्सपोर्ट कम्पनीमा इस्काभेटर चालकको रुपमा काम सुरु गरेका दाहालको कम्पनीकै एकजना हेल्परलाई तालिम दिने क्रममा देब्रे खुट्टा काटेको हो । उनका अनुसार केहि समयको उपचार पछि घर फर्काउन पटकपटक आग्रह गर्दासमेत कम्पनीले बिभिन्न बहानामा घर पठाउन मानिरहेको छैन् । हाल उनी सेलिया १ को अत्यन्तै कष्टकर र असुबिधाजनक अबस्थाको लेबर क्यापमा बसिरहेका छन् । उपचारको क्रममा केही समय कम्पनीले तलब दिएको तर अहिले उनलाई छ महिनादेखि तलब पनि नदिएपछि के खाने के गर्ने र कसरी घर फर्कने तनाबका बीच केही नेपाली साथीहरु र नुवाकोट सेवा समाजको सामान्य सहयोगमा बसिरहेको बताएका छन् । कम्पनीले अझै उपचार र कानुनी प्रकृया चलरिहेकोले आफुले उचित क्षतिपूर्ति सहित घर फर्काउन नसक्ने र काम नगरे तलब पनि दिन नसक्ने जनाएपछि उनी बैशाखी टेक्दै कम्पनिले भनेको ठाँउमा केहि दिनदेखि रातको समयमा सुरक्षा गार्डको काममा जान बाध्य भएर गइरहेको बताएका छन् । यो सम्बन्धमा कानुनी र अन्य सहयोग पाएर घर फर्कनको लागि चाहदा चाहदै हिड्डुल समेत गर्न नसकेकोले कसलाई भन्ने के गर्ने अबस्थामा बसिरहेका छन् । घरको जेठो छोरो भएकोले बाबू आमा र सानासाना भाई बहिनीको पढाइको जिम्मेवारी रहेकोले उनले यसरी कष्टपुर्ण जीवन बिताएर बसिरहेको बारेमा घरमा समेत राम्रोसँग जानकारी गराउन नसकेको जनाएका छन् ।
उचित क्षतिपूर्ति सहित घर फर्कन सहयोग गरिदिनको लागि उनले कतारमा रहेका कानुनी अधिकारबादी संघसंस्था, दुताबास र नेपाल सरकार समक्ष पनि पहल गरिदिन अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण