पाँच हजार नदिएको झोकमा बालकको अपहरण
इटहरी – पाँच हजार ऋण फिर्ता नदिएको आबेगमा आफ्नै साडु भाईले जेठानको छोरा अपहरण गरेको खुलेको छ ।
सुनसरीको मधेली २ स्थित मुसलमान बस्तीका ज्यामुल मियाँका १२ वर्षीया छोरा दिलवर मियाँलाई ५ हजार नगद जेठानले फिर्ता नदिएको आबेगमा साडु भाई रिजमान अन्सारी र अलावदिन मियाँले अपहरण गरेका हुन् । प्रहरीले अपहरणमा परेका दिलवर मियाँलाई सकुशल भारतबाट अपहरण मुक्त गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेल नेतृत्वको टोलीले अपहरणमा परेका बालकलाई सकुशल अपहरण मुक्त गरेको हो । शुक्रबार बिहान ९ बजे रिजमान र अलावदिनले घरबाट दिलवर मियाँको अपहरण गरेका थिए । अपहरण गरेर दुवैले मियाँलाई भारत बिहार स्थित भुल्खा भन्ने ठाँउमा मोहमद फिदा हुसेनको घरमा बन्धक बनाएर राखेका थिए । प्रहरीलाई घटनाको बारेमा जानकारी आए पश्चात मियाँको खोजीमा दुहबी प्रहरीको टोली सकृय बनेको थियो । अपहरणमा संलग्न रिजमान अन्सारीलाई भने तत्कालै दुहबीको मेलाबाट प्रहरीले पक्राउ गरेको थियो । पछि मात्र मियाँलाई अपहरण गरेर बिहारको भुल्खामा राखेको प्रहरी समक्ष अन्सारीले बयान दिएका थिए । प्रहरी निरीक्षक पोखरेलको टोलीले बन्धक बनाएको स्थान सम्म पुगेर अपहरण मुक्त गरेका हुन् । अपहरणमा परेका मियाँलाई मोहमद फिदा हुसेनको घरमा मुख छोपेर अनि हात बाधेर राखेको अबस्थामा फेला परेका थिए । अपहरणमा संलग्न अर्का अलावदिन मियाँ भने फरार छन् । उनको खोजीमा प्रहरीको टोली परिचालन भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए । अपहरण गर्ने रिजमान अन्सारीको ५ हजार नगद अपहरणमा परेका बालक दिलवर मियाँको बुबा ज्यामुले फिर्ता नदिएको बिषयमा अपहरण भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई अपहरण मुद्धा अन्तर्गत कारबार्हि अघि बढाइने प्रहरी निरीक्षक पोखरेलले बताए । अपहरणमा परेका १२ बर्षिय बालक दिलवर मियाँलाई भने परिवार समक्ष बुझाइएको छ । अपहरण गर्ने अन्सारी १९ र मियाँ २१ बर्षका मात्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण