४ दिनमा बझाङमा ६ भूकम्प र १७ पराकम्प
बझाङ –शनिबार बिहान ६ बजेर ८ मिनेटमा बझाङमा फेरी ४ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको छ । सदरमुकाम चैनपुरदेखि उत्तर पुर्व मयानालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । ४ दिनमा ६ भूकम्प र १७ पराकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताए । आजै ६ बजेर ३२ मिनेटमा फेरी ३ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको उनले जानकारी दिए । हालसम्म मयानामा निलकटी निमावि र धल्देउ प्रावि २ वटा विद्यालयहरुको भवन चर्कीएको छ भने कैलाश गाविस २ मा रहेको कैलाश मालीका सामुदायिक प्राथमिक विद्यालयको भवन पुर्ण रुपमा क्षति हुँदा विद्यालयको पठन पाठन बन्द भएको छ । यसरी लगातार बझाङलाई नै केन्द्रबिन्दु बनाएर पटक पटक भुकम्प जान थालेपछि बझाङबासी त्रसित बनेका छन् । लगातार भुकम्प जान थालेपछि राती सुत्नेबेला पनि डरले जागराम बस्ने गरेको सदरमुकाम चैनपुरका प्रकाश सुनारले बताए । भुकम्पको धक्का गएको केही समयपछि सदरमुकाम चैनपुर बजारमा हेर्ने हो भने मानिसहरु भिड नै देखिन्छ । निरन्तर भुकम्प गएपनि ठूलो क्षती केहि भने भएको छैन । जिल्लामा भुकम्पले मानविय तथा भौतिक क्षती कुनैपनि नभएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण