रिडी–रुद्रवेणी–बामिटक्सार सडकखण्ड अवरुद्ध
शनिबार, १८ असार २०७३, १३ : ३६
गुल्मी - शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको रिडी–रुद्रवेणी–बामिटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।
उक्त सडकखण्ड अन्तर्गत तुराङ, जोहाङ र अश्लेवा गाविस क्षेत्रमा सडक माथिबाट आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडक अवरुद्ध बनेपछि दर्जनौँं सवारी साधन र यात्रुबीच बाटामै अलपत्र परेका छन् । लगातार रुपमा पानी परिरहेको र पहिरो खस्दै गएका कारण सडक खुलाउन समस्या परेको छ ।
त्यसैगरी रेसुङ्गा नगरपालिका अन्तर्गत राँगेढुङ्गामा पहिरो खसेपछि आज बिहानदेखि छल्दी – तम्घास सडकखण्ड अवरुद्ध बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण