शिक्षामा ट्रेड युनियनवाद र राजनीति मान्य हुँदैन : शिक्षामन्त्री पोखरेल
लहान– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनवाद र राजनीतिका नाममा शिक्षा क्षेत्रलाई लथालिङ्ग बनाउने कार्य मान्य नहुने बताएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–५ तीनकोनीस्थित जनता माविको मावि तह उद्घाटन तथा विद्यालय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले शिक्षकहरु राजनीतिक दलमा बस्ने, विद्यालय नजाने अनि विद्यालयलाई लथालिङ्ग बनाउने कार्य रोक्न ऐन ल्याइएकाले नयाँ शिक्षा ऐनलाई आधार बनाएर सबै अघि बढ्नुपर्ने बताए ।
उनले भने, “नयाँ ऐनले शिक्षक कुनै दलको कार्यसमितिमा बस्न नपाइने व्यवस्था गरेकाले तत्कालै शिक्षकले दलको कार्यसमितिबाट स्वेच्छिक रुपमा राजीनामा दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्नुपर्छ ।” यसका लागि शिक्षक सङ्घ/सङ्गठनले पनि सघाउनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।
नयाँ शिक्षा ऐनले शैक्षिक बेथितिको अन्त्य गर्दै शिक्षा क्षेत्रमा परिवर्तन र सुधारको योजना अघि बढाउने उल्लेख गर्दै उहाँले विद्यालयहरु अब नयाँ ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
सरकारले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरिसकेको र माध्यमिक शिक्षालाई पनि त्यस्तै गर्ने तयारी गरिरहेको बताउँदै उहाँले विद्यालयका प्रअ ज्येष्ठताका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्त हुने व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा जिशिअ महेन्द्र महतोले विद्यालय सुधार कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालयको सहयोगमा विद्यालयमा मावि तह पठनपाठनका लागि नयाँ भवन बनाउन लागिएको बताए ।
विसं २०२८ मा स्थापित सो विद्यालयले गत वैशाखदेखि मावि तह सञ्चालनका लागि स्वीकृति पाएको छ । कुल रु ३२ लाखको लागतमा निर्माण हुने सो विद्यालय भवन निर्माणको काम यसै वर्षभित्र सम्पन्न हुने विद्यालयका प्रअ युगेश्वर राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण